काठमाडौं- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ९० हजार ७०० पुगेको छ ।
हिजो बिहीबार छापावाल सुुन प्रतितोला दुई लाख ८३ हजार ५०० थियो ।




प्रतिक्रिया