एकैदिन २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

एकैदिन २ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सुनको भाउ तोलामा २४ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदी तोलामा १६० रुपैयाँले घटेर ४३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।