काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रपैयाँले बढेर ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया