तीज नजिकिदैं, सुनको भाउ घट्याघट्यै : २४ हजारले सस्तियो

तीज नजिकिदैं, सुनको भाउ घट्याघट्यै : २४ हजारले सस्तियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सुनको भाउ आजपनि घटेको छ । आज सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको हो ।

यो सँगै ६ दिनमा सुनको भाउ २४ हजार ५ सय रुपैयाँले घटेको हो ।

३ लाख ६ हजार १ सयमा कारोबार भएको सुन आज २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बिहीबार पनि १ हजार २ सय, शुक्रबार २ हजार ४ सय, आइतबार ९ हजार ५ सय , सोमबार २ हजार ४ सय र मंगलबार ५ सय रुपैयाँ घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।