विमानस्थलबाट आधा किलो बढी सुनसहित २ जना पक्राउ

विमानस्थलबाट आधा किलो बढी सुनसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६०० ग्रामभन्दा बढी सुनसहित दुई जना पक्राउ परेका छन्।

कतारको दोहाबाट काठमाण्डु आएका एक भारतीय र एक नेपाली नागरिकलाई विमानस्थल प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडी रहेका छन्। विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ परेका उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, कतारबाटै आएका बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी पनि पक्राउ परेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

दुवै जनालाई बरामद सुनसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।