सूनको मूल्य घट्यो, तोलाको कति ?


काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा २ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement