तोलामा ७ सय घट्यो सुनको मूल्य

तोलामा ७ सय घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारभन्दा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।