साढे ३३ केजी सुनकाण्डः पूर्वडिआइजी निरौला पक्राउ


काठमाडौं– २१ पूर्वडिआइजी गोविन्द निरौला प्रहरी हिरासतमा पुुगेका छन्।

पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको साढे ३३ किलो सुनकाण्डमा मुछिएका उनलार्इ गृहमन्त्रालयकाे  छानबिन समितिले  घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका पूर्व डिआइजी निरौलालाई अहिले बानेश्वर वृतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सुनकाण्डको अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडिआईजी निरौला, एसएसपी श्यामबहादुर खत्री, डिएसपी संजय राउतसहितलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेपछि निरौला पक्राउ परेका हुन्।

डिआइजी निरौलाले गत २९ चैतमा अवकाश पाइसकेका छन्। माघ २२ गते डिआइजी निरौला विमानस्थलमा सरुवा भएका थिए।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयार गरेर पक्राउ गर्न थालेको हो।

दुवईबाट पुस २१ गते साढे ३३ किलो सुन एयर अरेवियाको जहाजमार्फत नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement