सुनको भाउ तोलामा १२ सय बढ्यो


काठमाडौं – पछिल्लो समय सुनको मूल्यले हरेका दिन नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो । यता तेजाबी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement