सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण


विराटनगर – करिब ३८ क्वीन्टल सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका प्रहरी बरिष्ठ उपरीक्षक श्याम खत्रीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

उनको खोजीमा अन्र्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ,। एसएसपी खत्री विहीबार जिल्ला अदालत मोरङमा आफैँ उपस्थित भएका हुन् ।

जिल्ला अदालत मोरङका अनुसार उनको बयान सुरु भएको छ। आजै थुनछेक बहस हुने सम्भावना छ। तस्करीका नाइकेमध्ये एक चुडामणि उप्रेती‘गोरे’ले खत्रीले नै आफ्नो सुन ओसार पसार गर्ने बयान दिएका थिए।सो प्रकरणमा पक्राउ परेका ६ जना प्रहरी अधिकारीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।

एसएसपी खत्री गत वर्ष पनि सुन तस्करीमा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले धरौटीमा छाडेकोमा पछि उच्च अदालतबाट साधरण तारेखमा छुटेपछि उनको जागिर जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement