बिहिबार १६ सयले बढ्यो सुनको मूल्य


काठमाण्डु – नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।

बुधबारको तुलनामा बिहीबार छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भइ तोलाको ९२ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको  छ ।

बुधबार प्रतितोला ९० हजार ५५० मा कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला ९२ हजार १५० मा कारोबार भइरहेकोे छ । यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला एक हजार १८५ मा कारोवार भएको चाँदी बिहीबार भने प्रतितोला एक हजार २०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement