शुक्रवार घट्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच?


काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement