सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्यमा सोमबार एक सयले ओरालो लागेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै,  तेजाबी सुनको मूल्य प्रतितोला  ९० हजार १५० मा कारोबार भइरहेको छ ।  यता आज चाँदीको मूल्य भने उकालो लागेको छ । सोमबार चाँदी प्रतितोलामा ५ ले बढेर १८० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement