सुनको मूल्य घट्यो, तोलाको कति ?


काठमाण्डु – नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले ओरालो लागेर प्रतितोला ९१ हजार ७०० मा कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार २०० कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने उकालो लागेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ ले बढेर एक हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement