आइतबार सुनको मूल्य कति छ ?


काठमाण्डु- नेपाली बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ ।

गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement