सुनको मूल्य फेरि घट्यो, तोलामा कति ?


काठमाण्डु – सुनको मूल्यमा आज पनि गिरावट आएको छ । आज नेपाली बजारमा समेत सुनको मूल्य प्रतितोला रु ४०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० मा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।

यस्तै चाँदी भने प्रतितोला रु एक हजार १० मा कारोवार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement