सुनको भाउ तीन सय रुपैयाँले बढ्यो


काठमाण्डु – सुनको भाउ आज तीन सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कामय भएको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement