सुनको भाउ ७ सय रुपैयाँले बढ्यो


काठमाण्डु – नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार ९३ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको भाउ आज ७०० सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६०० सय रुपैयाँ कायम भएको छ । साथै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement