सुन तोलाको ९९ हजार ६ सय पुग्यो


काठमाण्डु – आज सुनको भाउ ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ९९ हजार ६ सय रुपैयाँ पुगेको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ पुगेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा बढेको सुनको भाउ बढेसँगै नेपालमा पनि यसको असर देखिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement