सुनको मूल्य एक लाख नाघ्यो


काठमाण्डु – नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख एक हजार चार सय रुपैयाँ पुगेको हो ।

मंगलबार सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी पनि ६५ रुपैयाँ बढेर १२ सय ९५ पुगेको जनाएको छ । आज अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेर दुई हजार ३१ पुगेको छ ।

अमेरिकी डलरको भाउ बढेसँगै सुन पनि महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement