काठमाण्डु- नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । आज सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
मंगलबार २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया