काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा २ हजार रूपैयाँले बढेको हो।
शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन आइतबार प्रतितोला २ लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार २ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।


प्रतिक्रिया