सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाण्डु – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार तीनसय तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठसय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार तीनसय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार दुई सय पाँच तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement