बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


काठमाण्डु – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९२ हजार ३ सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement