बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?


काठमाण्डु – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement