घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार


काठमाण्डु – सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement