सुनको मूल्य प्रतितोला २ सयले बढ्यो


काठमाण्डु – बिहीबार सुनको भाउ  २ सयले बढेर नेपाली बजारमा प्रतितोला ९५ हजार ७ सय रूपैंयाँमा काराेबार भैरहेकाे छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । बुधबार भने सुन एकै दिन ८ सयले बढेको थियो ।

विहिबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement