सुनको मूल्य प्रतितोला २१ सयले बढ्यो


काठमाण्डु – सुनको मूल्य प्रतितोला २१ सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।

बिहीबार प्रतितोला १ लाख २७ हजार ९०० मा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ३० हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार पाँच सय २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement