काठमाण्डु– शुक्रबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन ३ हजार ३ सय रुपैयाँले बढेको हो ।
हिजो पनि सुन ९ हजार ३०० रुपैयाँले बढेको थियो ।
हिजो ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको सुन आज ३ लाख १६ हजार ७ सय रुपैयाँमा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया