फेरि घट्यो सुनको मूल्य


काठमाण्डु-  पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला एक हजार ७००, बुधबार एक हजार २०० र आज प्रतितोला एक हजार २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १२० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement