आज कति छ सुनको मूल्य ?


काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मुल्य भने सामान्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement