काठमाण्डु – गत साता ५ दिनमा २४ हजार २ सय रुपैयाँले बढेको सुनको भाउ घट्न थालेको छ।
सुनको भाउ शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा काराबोर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार २ सयमा झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। तोलामा ९० रुपैयाँ घटेर चाँदीको भाउ शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ थियो।




प्रतिक्रिया