साढे ३३ किलो सुनकाण्डः पूर्वडिआइजी निरौलासहित प्रहरी अधिकारीलाई बोलायो समितिले, पूर्वआइजीपी अर्याल पनि तानिदै


काठमाडौं– २१ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको साढे ३३ किलो सुनकाण्डमा मुछिएका पूर्वडिआइजी गोविन्द निरौलासहित प्रहरी अधिकारीसँग सोधपुछ गरिने भएको छ।

सुनकाण्डको अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडिआईजी निरौला, एसएसपी श्यामबहादुर खत्री, डिएसपी संजय राउतसहितलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको हो।

डिआइजी निरौलाले गत २९ चैतमा अवकाश पाइसकेका छन्। एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।  ०७२ माघ २२ गते डिआइजी निरौला विमानस्थलमा सरुवा भएका थिए । पक्राउ परेकाको बयानका हेर्दा डिआइजी निरौलालार्इ सीअाइबीले शंकाको घेरामा राखेकाे थियाे।

सो घटनामा संलग्न भएको अभियोगका एसएसपी खत्री पक्राउ परेका थिए। तर, अदालतबाट साधारणा तारेखमा रिहा भएका  थिए।

समितिले पूर्वआइजीपी प्रकाश अर्याललाई पनि उपस्थित गराउन पत्र काट्ने तयारी थालेको छ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयार गरेर पक्राउ गर्न थालेको हो।

समितिले अनुसन्धानका लागि बोलाएका अधिकारीहरुको सुन तस्करीका नाईके गोरे भनिने चुडामणि उप्रेति लगायतका तस्कर समूहसँग सम्पर्क देखिएको समाचार स्रोतको दाबी छ।

दुवईबाट पुस २१ गते साढे ३३ किलो सुन एयर अरेवियाको जहाजमार्फत नेपाल भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement