कसले जित्ला गोल्डन बुट ?


काठमाण्डु – फ्रान्सका स्ट्राइकर किलियान एमबापे पाँच गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा छन्। अरू खेलाडी उनी पछिपछि छन् ।

हालसम्म आर्जेन्टिनाका लियोनल मेस्सी ४ गोल गरेर दोस्रो स्थान कायम राख्न सफल भए । इङ्ग्ल्यान्डका बुकायो साका र मार्कस रास्फर्ड, पोर्चुगलका ह्याट्रिक हिरो गोन्सालो रामोस, फ्रान्सका सदाबहार सर्वाधिक गोलकर्ता ओलिभर जिरू, ब्रजिलका रिचार्लिसन र नेदरल्यान्ड्सका कोडी गाक्पो सबैले तीन-तीन गोल गरेका छन् ।

हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ । त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement