महोत्तरीमा शौच गर्न निस्किएका वृद्धमाथि गोली हानियो

महोत्तरीमा शौच गर्न निस्किएका वृद्धमाथि गोली हानियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको सनौलमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।

अज्ञात समूहको गोली प्रहारबाट मनरासिसवा नगरपालिका ३ का ६१ वर्षीय सहदेवप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले जानकारी दिए ।

घाइते यादव पूर्वशिक्षक रहेको प्रहरीले जनाएको छ । छातीमुनि गोली लागेर घाइते भएका यादवको जनकपुरको जानकी केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनीबार राती २ बजे तिर शौच गर्न निस्किएको बेलामा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।