राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले संघीय संसदीय दलले राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतकको जिम्मेवारी सांसद गोपाल भट्टराईलाई दिएको छ ।

पार्टी विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ बमोजिम भट्टराईलाई प्रमुख सचेतक पदमा नियुक्त गरिएको छ ।

सांसद भट्टराईलाई मनोनयन गर्दै एमाले संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पत्रमा भनिएको छ, ‘विधान बमोजिम आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्नुहुने विश्वास लिएको छु ।’

प्रमुख सचेतक भवगती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै प्रमुख सचेतको पद रिक्त भएकोमा भट्टराईलाई जिम्मेवारी दिइएको छ ।