पराजुलीको अवकाश साउनमै भएको भन्दै न्यायधीशले गरे पूर्ण इजलास बहिस्कार


काठमाडौं – प्रधानन्ययाधीश गोपाल पराजुलीको अवकाश गत साउनमै भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रसमशेर राणाले पूर्ण इजलास बहिस्कार गरेका छन् । कान्तिपुर पब्लिकेशन र डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलनाको मुद्दा पराजुलीले आफू नेतृत्वको पूर्ण इजलासमा राखेका थिए ।

इजलासमा न्यायाधीशहरु पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दपिककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए । तर,   राणाले ’अवकाश भइसक्नुपर्ने व्यक्तिसँग बसेर न्यायसम्पादन गर्न मिल्दैन’ भन्दै फरक मत प्रस्तुत गरेपछि आजको इजलास स्थगित भएको छ ।

‘सम्माननीय प्रधानन्यायाधीशज्यूले हामीबीच छलफल हुँदा वहाँका प्रमाणपत्रहरु देखाउनुभयो,’ उनले भने, ‘एउटामा जन्ममिति २००९ साल रहेछ अर्कोमा २०११ देखियो। न्यायपरिषद ऐनको व्यवस्था अनुसार २०७४ साउन २१ गते उहाँ अवकाश हुनुपर्ने हो। अवकाश भइसक्नुपर्ने व्यक्तिको साथमा बसेर मैले न्यायसम्पादन गर्न मिलेन। म अलग रहन चाहेँ।

प्रतिक्रिया दिनुहोस
Advertisement