गोरखामा माइक्रो बस दुर्घटना, १ को मुत्यु, १६ जना घाइते

गोरखामा माइक्रो बस दुर्घटना, १ को मुत्यु, १६ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा-  गोरखाबाट तनहुँको आबुँखैरेनी जाँदै गरेको माइक्रोबस दुर्घटनामा परेको छ । गोरखा यातायातको बा २ ख ४६५८ नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।

जिल्लाको गोरखा नगरपालिका–१० टक्सारमा भएको दुर्घटनामा १६ वर्षीया शारदा गौलीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । माइक्रो ब्रेक फेल भएर अनियन्त्रित हुँदा घुम्तिमा रहेको चिलाउने रुखमा ठोकिएर सडकमा पल्टिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज दयाराम पौडेलले जानकारी दिए ।

माइक्रोमा सवार १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।