रसुवा- जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् । पवित्र गोसाइँकुण्डमा आइतवार बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन् ।
गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९ः०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन् ।
प्रतिक्रिया