कृषि मन्त्रालय फेरि टुक्राइदै : अर्याल मन्त्रीमा बढुवा हुँदै, राज्यमन्त्री थपिने


काठमाडौं–  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएको पाँच महिनामै फेरि मन्त्रालय टुक्राउने तयारी गरिएको छ।

सरकारले एक राज्यमन्त्री थप्ने गरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय टुक्राउने तयारी गरेको हो।

टक्राएसँगै कृषि मन्त्रालय एउटा र भूमि सुधार तथा सहकारी अर्को बन्नेछ। हाल कृषिमन्त्री चक्रपाणि खनाल छन्। अब भूमि सुधार तथा सहकारी मन्त्रालय बनेपछि हालकी स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालको बढुवा हुनेछ। नेकपाकी नेतृ अर्याल भूूमि मन्त्री बन्नेछिन्।

उनी मन्त्रीमा बढुवा भएमा खाली रहने स्वास्थ्य राज्यमन्त्रीमा संघीय समाजवादी फोरमबाट आउनेछन्। फोरमका अध्यक्ष उपेन्द्र यादव स्थास्थ्य मन्त्री छन्। त्यसका लागि सत्ता नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताबीच छलफल भइरहेको छ।

राज्यमन्त्री थपिएमा ओली सरकारमा मन्त्रीहरूको संख्या २५ पुग्ने छ । संविधानको धारा ७६ को उपधारा ९ मा संघीय सरकारको मन्त्रीपरिषदको संख्या २५ मात्रै बनाउन पाउने प्रावधान छ ।

यद्यपी, कृषि मन्त्री खनालले यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement