भोलिदेखि सरकारी कार्यालय समय हेरफेर


काठमाण्डु – सरकारले असार १ गतेदेखि लागू हुने गरि कार्यालय समय हेरफेर गरेको छ । सरकारी कार्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय खारेज भएसँगै गृह मन्त्रालयले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय सार्वजनिक गरेको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले जारी गरेकाे नयाँ कार्यालय समय अनुसार देशभर सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन हुने छ ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने छ । त्यस्तै शुक्रबारको दिन भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement