काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभव समेत नभएको दाबी गर्दै अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले उनको नियुक्तिविरुद्ध सर्वोच्चमा शुक्रबार अर्को निवेदन दिएका हुन् ।
उनीहरूको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ । यसअघि पनि उनीहरूले नै नियुक्ति नै रोक्न माग गर्दै निवेदन दिएका थिए । तर त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो भने त्यसविरुद्धको अर्को निवेदनमा पनि इजलासले दरपीठलाई सदर गर्दै रिट दर्ता अस्वीकार गरिएको थियो ।
जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो । ७ गते उनले गभर्नरको शपथ तथा कार्यभार सम्हालिसकेका छन्।
प्रतिक्रिया