पुनः अनसन बस्ने डा. केसीको चेतावनी


काठमाण्डु – पटक–पटक अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे पुनः अनसन बस्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाण्डुको माइतीघरमा पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफूसँग भएका माग पूरा गर्न माग गरे ।

आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई उनले ३ हप्ताको अल्टिमेटम दिएका छन् । प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्नुपर्ने, विश्वविद्यालयलाई राजनीतिक भागबण्डामुक्त गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement