श्रमजिवि पत्रकारको हकका लागि आन्दोलन चर्काउँछौं : गोविद आचार्य


सरद रेग्मी
दाङ – नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी आन्दोलन गर्ने चेतावनि दिएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङले आज सोमबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले श्रमजिवि पत्रकारहरुलाई न्युनतम पारिश्रमिक , नियुक्ति पत्र दिलाउनका लागी आन्दोलन शुरु गर्ने चेतावनि दिएका हुन् ।

उनले श्रमजिवि पत्रकारहरुलाई हक अधिकार दिलाउनका लागी ठुला मिडिया हाउसबाट आन्दोलन शुरु गर्ने बताए । श्रमजिवि पत्रकारहरुलाई अधिकार दिलाउनका लागी मिडीया हाउस वन्द भए पनी आन्दोलन नरोकिने प्रष्ट पारे ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघले थालेको आन्दोलका कारण सरकार पछि हटेको दावि गरे । सरोकारवालाहरु संग समन्वय र सहकार्य नगरि ल्याउने जस्तो सुकै कानुन आफुहरुलाई मान्य नहुने उनको जिकिर रहेको थियो । महासंघ अहिले महासंघको भावि रणनिति ,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि भेटघाट र छलफलमा रहेको समेत दावि गरे ।

साथै विष्टले महासंघले थालेको आन्दोलनका क्रममा देशभरिका पत्रकारहरु सडकमा आएर सफल बनाएको भन्दै धन्यबाद ब्यक्त गरे । सो अवसरमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोेख्रेल ,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर रावत विरु ,नेपाल पत्रकार महासंघका लेखा अधिकृत प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement