गोविन्द केसीको मागलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश कार्कीसहितको टोली इलाम प्रस्थान


काठमाडौं – नौं दिनदेखि इलाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश शुशीला कार्की सहितको टोली बिहीबार इलामतर्फ गएको छ ।

डाक्टर केसीका सहयोगि अभिषेक सिंहका अनुसार टोलीमा पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिवि पूर्व उपकूलपति केदारभक्त माथेमा, अधिवक्ता सुरेन्द्र भण्डारी र डा.अभिशेक सिंह छन् ।

सरकारसँग भएको सहमतिविपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि पुस २५ गते डाक्टर केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा १६ औं अनसन सुरू गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले जिल्ला अस्पताल इलाममा राखिएको छ।

उनीहरुले इलाम अनशनस्थल पुगेर ऐक्वद्धता जनाउने र केसीको स्वास्थ्य अवस्था बारे बुझ्नेछन् । पुस २५ गतेबाट इलाममा अनशन सुरु गरेका डा. केसी हाल इलाम अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement