सुधारिएर काम नगर्ने हो भने श्रीलंका र बंगलादेश जस्ताे नहाेला भन्न सकिन्न : कांग्रेस नेता पोखरेल

सुधारिएर काम नगर्ने हो भने श्रीलंका र बंगलादेश जस्ताे नहाेला भन्न सकिन्न : कांग्रेस नेता पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले अर्थतन्त्र बाह्य क्षेत्रमा केही सुधारिएको भए पनि धेरै क्षेत्रमा सुधार हुन नसकेको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आइतबार बोल्ने क्रममा पोखरेलले बढ्दो कालोसूची र न्यून लगानी वातावरणले गर्दा बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन नसकेकाे बताएका हुन् ।

उनले भने ‘बैंकसँग खुद ऋण दिन सकिने रकम साढे ४ खर्बभन्दा बढी छ । तर, बढ्दो कालोसूची र न्यून लगानी वातावरणले गर्दा बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन,’।

उनले वर्तमान सरकारले सय दिनको अवधि पार नगर्दै समाजमा आशा जगाउन नसक्ने संशय पैदा भएको समेत बताएका छन् । उनले भने, ‘जनताको भावना अनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बंगलादेशको नियति भोग्न नपर्र्ला भन्न सकिँदैन ।’