आमरण अनसन तोडेर वार्तामा आउन गोविन्द केसीलाई शिक्षामन्त्रीको आग्रह


काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीले राखेका माग पुरा गर्न सरकार तयार रहेको भन्दै आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका हुन ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आईतबार बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको धारणा राखे ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको जानकारी दिंदै सरकार उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न प्रतिवद्ध रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement