ग्रान्डी अस्पतालमा ‘एन्युरिजम क्वाइलिङ’ को सफल शल्यक्रिया


काठमाडौं–ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ ।  ग्रान्डी अस्पतालकाअनुसार सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी र डा सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको हो । 

कन्सल्ट्यान्ट न्युरोइमेजिङ एन्ड इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. फुयालले एन्युरिजम भनेको मस्तिष्कमा रहेको रक्तनलीको कमजोर भाग फुल्नु  रहेका बताए । उनकाअनुसार उक्त नली फुट्यो भने आन्तरिक रक्तश्राव भई बिरामीको मृत्यु समेत हुने गर्छ ।  । डा. फुयालले एन्युरिजम क्वाइलिङमा बिरामीको खप्पर नखोलिकनै गरिने भएकाले बिरामीका महत्वपूर्ण आन्तरिक अङ्गमा क्षति पुग्ने सम्भावना निकै कम हुने बताए ।  

असह्य टाउको दुख्नुका साथै र बारम्बार अचेत भएपछि लमजुङबाट ल्याइएकी ६० वर्षीया वृद्ध महिलामा यो उपचार विधि अपनाएको थियो । अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो भई घर पठाइएको छ । 

नेपालमै यस किसिमको उपचार सम्भव भएकोमा बिरामीका आफन्तले खुशी व्यक्त गरे ।  उनका आफन्त अमृत गुरुङले भने ‘यसबारेमा धेरैलाई जानकारी नहुंदा धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ त्यसका साथै विदेशका महंगो अस्पतालमा लाखौं रुपैयां समेत खर्चिनु परेको छ ।’ 

अत्याधुनिक प्रविधि र वैज्ञानिक खोजलाई निरन्तर पछ्याइरहेको ग्रान्डी अस्पतालले सेरेब्रल एन्युरिजम क्वाइलिङ सफलतापूर्वक सम्पन्न गरेर नेपालमै सर्वोत्कृष्ट र विश्वस्तरीय उपचार हाम्रै देशमा गराउने अवसर बिरामीलाई दिन सफल भएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले बताए ।  

प्रतिक्रिया दिनुहोस
Advertisement