काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी समृति पार्क’ उद्घाटन नगरी फर्किएका छन् ।
जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक रूपमा उद्घाटन गर्न उनी केहीबेर अघि सातदोबाटो पुगेका थिए ।

सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको पार्कमा आज सालिक तयार पारिएको थियो ।
निर्माण गरिएका सालिकहरू आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उनी पार्क उद्घाटन नगरी फर्किएका हुन् ।
गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको शालिक निर्माण गरिएको छ ।






प्रतिक्रिया