डा. केसीको समर्थनमा आइतबार बसन्तपुरमा सामुहिक अनसन


काठमाडौं- मेडिकल शिक्षामा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीका मागको समर्थनमा आइतबार बसन्तपुरमा सामुहिक अनसन बस्ने कार्यक्रम गरीएको छ ।

सोलिडारिटी फर डा.केसी अलायन्सको आयोजनामा निकालिएको र्यालीपछि शनिबार बानेश्वरमा भएको कोणसभाका बक्ता अधिकारकर्मी कृष्ण पहाडीले उक्त जानकारी दिएका हुन् । अनसन विहान १० बजेदेखि साँझ ५ बजेसम्म बसन्तपुरमा बस्ने कार्यक्रम रहेको पहाडीले बताए । उनले डा. केसीका माग सम्पूर्ण नेपाली जनताको माग भएकोभन्दै तत्काल पूरा गर्न सरकारसँग आग्रह गरे । उनले वर्तमान सरकार लोकतन्त्र विरोधी सरकारभएको पनि आरोप लगाए ।

साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र ने क पा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नाक जोगाउने दिन आएको बताए । जनताको आवाजको माग गर्दै डा. केसी अनसनमा बसेकोभन्दै उनले तत्काल माग संबोधन गर्नुको विकल्प नरहेको बताए । डा. केसीको ज्यानमा केही भए त्यसको जवाफदेही सरकार हुने र जनताले नछोड्ने भन्दै संग्रौलाले त्यसतर्फ बेलैमा सचेत हुन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement